चैत्र २७, डेस्क। आज भइरहेको राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेका छन्।
पानीको फोहोरामा राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि परेका छन् । प्रहरीले बल प्रयोग गरेपछि राप्रपाको प्रदर्शन तितरबितर भएको छ ।





