सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी

|

चैत्र २६, डेस्क। सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ ।

आज सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

उक्त स्टोरमा लत्ताकपडा, आवश्यक बन्दोबस्तीका सामग्री राखिएको थियो।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन्। आगलागी नियन्त्रणमा लिनको लागि दमकल, प्रहरी तथा स्थानीयको प्रयास जारी रहेका छन्।

आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन।

चर्चित समाचार


भर्खरै प्रकाशित