चैत्र २६,डेस्क । जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ। महोत्तरीको एकडारा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको हो । हाल उनि जनकपुरधाम उप महानगरपालिका वडा न ४ मा डेरा लिई बसिरहेका थिए।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चौक नजिक आज दिउँसो १२ बजेतिर महासेठको हत्या भएको हो । हत्याको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। भने यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।





