बौद्ध भिक्षुमाथि प्रहरीले गरेको दुर्व्यवहारको आलोचना हुदै

|

चैत्र २५, डेस्क। बौद्ध भिक्षुमाथि प्रहरीले काठमाडौँमा गरेको दुर्व्यवहारको सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना भएको हो ।

भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका २ जनालाई लाठी र लात्ताले हानेको भिडियो र फोटोमा देख्न सकिन्छ । यसैबिच प्रहरीले उक्त दुर्व्यवहारबारे छानबिन समिति गठन गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित