धनुषा निर्माण व्यावसायी संघको चुनाव सकियो, को-को विजयी भए जान्नुहोस्

|

चैत्र २५, डेस्क। धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा अशोक कुमार चौधरी विजयी हाँसिल गरेका छन् ।

पहिलो कार्यकाल कुशल पूर्वक सम्पन्न गरेका निर्माण व्यावसायी अशोक चौधरीले हिजो शनिबार भएको मतदान प्रक्रियाबाट सबभन्दा अधिक मत ल्याएर विजयी भएका हुन् । उनले जम्मा २३९ मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्ष पदको लागि चौधरीले २३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी रमेश कुमार यादवले १७५ मत प्राप्त गरे । अध्यक्षमा चार जनाको उम्मेदवारी परेकोमा जगदिश महासेठ ६४ मत र प्रदिप गुप्ताले १९ मत प्राप्तगरेका छन्।

यस्तै, संघको उपाध्यक्षमा जय प्रकाश साह (पप्पु) ले १३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्दी विकास कुमार साहले ११८ मत ल्याएका हुन् । उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो।

यस्तै, संघको महासचिव पदको लागि रुपेश कुमार सिँहले १३४ मत ल्याएर विजयी भए । महासचिवमा ५ जनाको उम्मेदवारी परेको थियो।

संघको सचिव पदमा मनोज कुमार साह २०८ मत प्राप्त गरी विजयी भएका हुन भने कोषाध्यक्षमा लक्ष्मण कुमार यादवले १६४ मत प्राप्त गरी विजयी भएका छन्।

निर्माण व्यावासायीको सदस्यको लागि (क) वर्गबाट सँतोष कुमार यादव र (ख) बाट सुभाषचन्द्र चौधरी निर्विरोध निर्वाचित भएका हुन् । वर्ग (ग) बाट उम्मेदवारी नै नपरेको निर्वाचन समितिले बताएका छन्।

यस्तै, समितिको सदस्यहरुमा राजीव कुमार साह (घ वर्ग) बाट २११ मत प्राप्त गरी विजयी भएका हुन । कमलेश कुमार जयश्वाल १८४ मत प्राप्त गरी विजय भएका छन् भने दिपक यादवले १९८ मतले सदस्य पदमा विजयी भएका हुन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित