चैत्र २५, डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्नेछ।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज आइतबार साँझ ५ बजे बस्ने तय छ ।
बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्।





