चैत्र २४, डेस्क। टेम्पु नरोकेको भन्दै चालकलाइ प्रहरीले निर्घात कुटपिट गरेको छ।
पर्सामा टेम्पु चालकमाथि प्रहरीको मुक्का प्रहारले टेम्पु चालकको टाउको फुटेको छ।
बहुदरमाई नगरपालिका वडा नम्बर-०८ रामनगरी बस्ने शिव नारायण साहको छोरा अन्दाजी ३२ वर्षीय रन्जन साह तेली प्रहरीको कुटाइबाट घाइते भएका छन्।
रन्जनका अनुसार नगरपालिकाको कर्मचारी भिखम साहको घरको समान ल्याउन पोखरिया नगरपालिकामा गएको र उक्त समान लिएर फिर्ता आउदा आफुलाई प्रहरीले तिलावे पुलमा पुगेपछि रोकेको तर धेरै गाडी भएको कारणले आफु फेरी त्यहाबाट निस्केको बताए। त्यहाबाट करिब एक किलोमिटर अगाडी निस्किसकेपछि प्रहरीले बस चढेर आएर पक्रेर आफूमाथि कुटपिट गरेको बताएका छन्। पीडितका अनुसार कुटपिट गरेको प्रहरीले पहिला देखि नै मसंग घुस माग्ने गरेको आरोप समेत लगाएका छन्। रन्जनका अनुसार पहिला देखि नै मलाई टार्गेट गरेको बताए।
कुटपिट पछि रन्जनलाइ केहि छिन प्रहरीले नियन्त्रणमा समेत राखेको थियो। रन्जनको टाउकोमा चोट लागेको छ। र उनको अहिले उपचार भइरहेको छ। भने यस घटनाबारे थप विवरण आउन बाकी छ।





