चैत्र २३, डेस्क। मोरङमा अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २३ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २३ वर्षीय युवराज श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ७००६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । भने यस विषय बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।





