चैत्र २२, डेस्क। बिहीबार (आज) प्रहरीले अवैध रुपमा ल्याइएको ३४ लाख रुपैयाँ बराबरको खाद्यन्न सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ४ सुगर मिल नजिकै UP 15 CT 8198 नम्बरको ट्रकबाट केराउ र मकै भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएको प्रहरीले बताएका छन्।
प्रहरीका अनुसार मटर (केराउ) ३०५ बोरा (१५२५) के.जी. रहेको छ भने मकै ४५ बोरा (२४७५ केजी) रहेको छ। करिब ३४ लाख ११ हजार रुपैयाँ बराबरको सामान र सवारी साधन समेतलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले बताएका छन्।





