सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

|

चैत्र २२, डेस्क। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज बेलुका राजीनामा दिएका छन् ।

शाहले बिहीबार (आज) बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे ।

तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक नबसेरै उनले राजीनामा दिएका हुन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित