चैत्र १८, डेस्क । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले तोयम रायालाई महालेखा परीक्षकमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका छन् ।
लेखा पृष्ठभूमिका तोयम राया हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।





