चैत्र १३, डेस्क। आज विहान धनुषामा भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।
डिएसपी रञ्जनका अनुसार आज बिहान करिब ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर तर्फ जादै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बी.एल.१२ सी ०९४४ भारतीय नम्बरप्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रक्ता रञ्जन अवाले जानकारी दिएका छन्।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । दुर्घटना लगतै कार चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भने यस घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएका छन्।





