पाल्पा : हिँडिरहेको अवस्थामा भरुवा बन्दुकसहित एकजना पक्राउ

|

चैत्र १०, डेस्क। पाल्पामा एकजनालाई हिँडिरहेको अवस्थामा भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताएका छन्।

उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

यस सम्बन्धबारे खत्रीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित