बझाङ : चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते

|

चैत्र १०, डेस्क। हिजो बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

हिजो शुक्रबार राति करिब ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

 

चर्चित समाचार


भर्खरै प्रकाशित