रुस : कन्सर्ट हलमा गोली चलाउँदा ६० जनाको मृत्यु, १४५ भन्दा बढी घाइते

|

चैत्र १०, डेस्क। रुसको एउटा कन्सर्ट हलमा गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । भने अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त हमलामा परी १४५ भन्दा बढी घाइते भएका छन् ।

शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले लेखेको छ ।

आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित