चैत्र ०२, डेस्क । एउटा स्टाफ नर्सलाइ बिराटनगरमा हत्या गरिएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत रहेकी सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले बताएका छन ।
उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएका छन ।





