फल्गुण २९, डेस्क । मद्येश प्रदेशको राजधानी जनकपुरधाम स्थित एउटा गेष्ट हाउसमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।
जनकपुरधामको रामानन्दचोक स्थित सिटी प्यालेस एंड गेष्ट हाउसको एउटा कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस भेटिएकी थिइन् ।
उनलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा लगिएकोमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएको छ ।
मृतक युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । युवतीसंगै गेष्ट हाउसमा बसेका दुई युवक भने फरार रहेका छन् ।
भने उनीहरुको खोजी कार्य भइरहेको छ । भने यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





