फल्गुण २३, डेस्क । धादिङमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
धादिङ गजुरीको गलौदीस्थित सडकमा उक्त बस दुर्घटना भएको छ । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिएको हो ।
हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताएका छन।
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको समेत उनले बताएका छन ।





