फूटपाथमा जनकपुर भन्सार कार्यालयको गाडी,जनता बीचबाटोबाटै हिड्न बाध्य

|

फागुन २२,डेस्क। धनुषामा आजभोली सडक दुर्घटना धेरै नै भइरहेको छ। यसको प्रमुख करण सडक र ट्राफिक नियमको बारेमा जानकारी नहुनु र एउटा उदाहरण बनेको छ सरकारकै एउटा निकाय जनकपुर भन्सार कार्यालय धनुषा, भन्सार कार्यालय धनुषाले फुटपाथमा पैदल यात्री हिँड्नै नपाउने गरी गाडी पार्किङ गरी राखि दिएको छ । भन्सार कार्यालयको यस रबैयाले सडक बीचबाट हिड्नु परेको र दुर्घटनाको सम्भावना समेत रहेको एकजना स्थानीयले बताएका छन्।

राजधानीको अस्तव्यस्त सडक त्यसमा पनि बच्चा,बिधार्थी,महिला,अपांग,वृद्ध वृद्धा सबैजना बीच सडकबाटै हिड्न बाध्य छन्। किन भने फुटपाथमा पैदल यात्री हिँड्नै नपाउने गरि जनकपुर भन्सार कार्यालयले नियन्त्रणमा लिएको गाडी राखी दिएको छ।

एक स्थानीयको अनुसार डराइ डराई बाटो काट्नु परेको र फुटपाथ किन बनाएको हो भन्ने स्थानिय निकायलाइ प्रश्न समेत गरेका छन्।

झन्डै १ बर्षदेखि जनकपुरधाममा फुटपाथमै पार्किङ गरेर राखिएको अवस्थामा हो। भने सडकको अर्को तर्फ निर्माण सामग्री राखिएको छ।

नियम कानुन कार्यान्वयन गराउने निकाय नै यसरी नियम मिचेपछि पटक–पटक आलोचनाको सिकार हुँदै आएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित