फाल्गुन २२, डेस्क। बसको ठक्करबाट चितवनको भरतपुरमा नौ वर्षीय बालकको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन्।
नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय बालक आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका छन्।
गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिएको छ।
माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।





