प्रहरीमा उजुरी तथा गुनासो गर्न र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याइयो

|

फाल्गुण २१, डेस्क। जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो गर्न र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याएको हो ।

कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन क्युआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिएका छ।

खड्काले भने प्रहरी कार्यालयमा गुनासो तथा सुझाव दिन चाहेमा पनि सेवाग्राहीले क्युआर कोडको प्रयोग गर्नसक्ने व्यवस्था कार्यालयले गरेको छ । कार्यालयले बिहीबारदेखि क्युआर कोड प्रयोगमा ल्याएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित