फाल्गुण २०, डेस्क। इटहरीमा हिजो शनिबार राति भएको आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–६, विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले बताएका छन्।
आगलागी हुदा कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएको थियो। के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





