फाल्गुण १९,डेस्क। आज बिहान पिकअपको ठक्करबाट एउटा पैदलयात्रीको मृत्यु भएको छ।
मकवानपुरको मनहरि गाउँपालिका-९ ज्यामिरेस्थित सडकमा हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ च ७३२७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सिताराम अधिकारीको आज शनिबार बिहान मृत्यु भएको छ ।
पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भने प्रहरीले गाडी चालक नियन्त्रणमा लिएको छ । र यस घटनाबारे थप अनुसन्धान भईरेहको प्रहरीले बताएका छन्।





