गोठमा आगलागी, एक जनाको मृत्यु

|

फागुन १८,डेस्क। गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका–४ मैनवारमा हिजो राति गोठमा आगलागी हुँदा एक जनाले आफ्नो ज्यान गुमाएका छन्। आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले बताएका छन्।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति ११ बजेतिर जैसीको शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको प्रहरी बताएका छन्। जैसीको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको प्रहरी कार्यालयले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित