फागुन १८,डेस्क। स्रोत नखुलेको १४ लाख रूपैयाँ सहित एक जना पक्राउ गरेका छन् ।
लालबन्दी नगरपालिका–१४ लखन्देही खोलाबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन्।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र.२–०३–०११ प ८३५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई उक्त नगदसहित पक्राउ गरेको बताएका छन्।
सोही नगरपालिका–१४ बस्ने ४६ वर्षीय धनबहादुर पाख्रिनलाई हिजो बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेका छन्।
यस घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन्।





