टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

|

फल्गुण १८, डेस्क । टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन् ।

मोरङको बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान दुर्घटना भएको हो । आज बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने वर्ष ४४ कि दिपा खनाल रहेकी छिन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो भने सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको हो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित