फाल्गुण १७,डेस्क। सिरहाको अर्नमा गाउँपालिकामा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ सुरु हुने भएको छ ।
गायत्री यज्ञ समिति महनौर सिरहाको आयोजकमा अर्नमा गाउँपालिका -१ महनौरमा महायज्ञ सुरु भएको हो । कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ सुरु यही चैत्र ०१ गते देखि ०५ गते सम्म हुनेछ।
बिहिबार भुमि पूजन बिहान १० बजे देखि हुनेछ। त्यस्तै चैत्र ०१ गते पूवाद्ध दिवस-युवा उत्कर्स सम्मेलन, चैत्र ०२ गते प्रथम दिवस-शोभा कलश यात्रा, युग संगीत, कथा प्रवचन, चैत्र ०३ गते द्वितीय दिवस -देव पुजन,यज्ञ, युग संगीत,कथा प्रवचन, चैत्र ०४ गते तृतीय दिवस यज्ञ एवं विभिन्न संस्कारहरु, युग संगीत, कथा प्रवचन,दिप यज्ञ, र अन्तिम दिन चैत्र ०५ गते चतुर्थ दिवस यज्ञ एवं संस्कार टोली विदाई जस्ता कार्यक्रम राखिएको छ।
यस गायत्री यज्ञको अध्यक्षमा श्री जिवछ कामति, उपध्यक्षमा श्री लालु यादब, कोषाध्यक्षमा श्री भिखारी कामति, सचिवमा शिव दुलारी साह, स-सचिवमा सरोज पाल, सदस्यमा श्री राम जतन कामति लगायत अन्य व्यक्तिहरु रहेका छन्।





