मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु

|

फल्गुण १६, डेस्क ।  हिजो मंगलबार साँझ मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु भएको छ । केनिएबाबाट बुर्किना फासो जाँदै गरेको बस बागोए नदीमाथिको पुलबाट झरेको थियो ।

यस घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ । यिनिहरु  मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । चालकले बस नियन्त्रण गर्न नसक्दा यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यस घटनाको विस्तृत विवरण आउन बाकी रहेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित