बारा : ग्यास सिलिण्डर पड्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

|

फल्गुण १५, डेस्क । बाराको निजगढमा ग्याँस विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

ग्याँस विस्फोटमा परी घाइते भएका वीरगञ्ज –९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु बिस्फोट हुँदा वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जै सवालकाृ मृत्यु भएको थियो ।

भने यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित