फाल्गुण १५, डेस्क। ललितपुरमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँ स्कुल चोकमा बा.३ ख ८५८५ नम्बरको ट्याङ्करले बागमती प्रदेश ०२-०३४ प ७३२८ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक महालक्ष्मी नगरपालिका-८ शंखदेवी चारघरे घर भएका १७ वर्षीय सोहन राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस दुर्घटनाका सम्बन्ध बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनएको छ ।





