फाल्गुण १४, डेस्क। आज भारतीय गायक पंकज उदासको मृत्यु भएको छ।
सोमबार (आज) ७२ वर्षको उमेरमा उनको मृत्यु भएको हो। पंकज लामो समयदेखि बिरामी थिए।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे उनको निधन भएको हो।





