वैशाख १५ गते निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचन गर्ने

|

फाल्गुण १३, डेस्क। आगामी वैशाख १५ गते निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै क्षेत्रमा उपनिर्वाचनका लागि उक्त मिति तय गरिएको बताका हुन्।

आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित