महोत्तरी : मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु

|

फल्गुण १२, डेस्क । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

महोत्तरीको बर्दिबास नगरपालिका-१ बर्दिबास हमाल टोलस्थित सडकमा प्रदेश २-०४-००१ प ३४४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जोग राउतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन।

चर्चित समाचार


भर्खरै प्रकाशित