चीन : एक अपार्टमेन्टमा आगलागी, १५ जनाको मृत्यु ,४० भन्दा बढी घाइते

|

फल्गुण १२, डेस्क । चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको हो । भने घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएको हो ।

पुर्बी चीनको नानचिङ सहरमा सो आगलागी भएको थियो। इलेक्ट्रिक बाइक राखिएको भवनको पहिलो तलाबाट आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। तर, आगलागीको कारण पनि स्पष्ट भइसकेको छेन।
शुक्रबार बिहान ४ः४० मा आगो लागेपछि २५ वाहन र १३० अग्निनियन्त्रक उपकरण  खटाइएको थियो। करिब ६ बजे उक्त आगो नियन्त्रणमा आएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित