मोरङ : मालवाहक लरी पल्टिँदा तीन जना बालबालिकाको मृत्यु

|

फल्गुण ११, डेस्क । मालवाहक लरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकास्थित प्रगती टोलमाघरमाथि मालवाहक लरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ ।

शुक्रबार बिहान कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटनामा एकै परिवारको दुई जना सहित तीन जनाको मृत्यृु भएको हो ।

दुर्घटनामा बुढीगंगा ४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हि‌‌डिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित