मुख्यमन्त्री यादवले पाए विश्वासको मत

|

फागुन ६,डेस्क। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

आईतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा उपस्थित १०४ जना प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाको मत आएका छन् ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिनुभएको हो। यो मुख्यमन्त्री यादवको तेस्रो विश्वासको मत हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित