आँबुखैरेनी : विद्यालयले विद्यार्थीलाई छात्रवृत्तिमा दिइयो बाख्राको पाठी

|

फाल्गुण ०५, डेस्क। विद्यार्थीलाई छात्रवृत्तिमा बाख्राको पाठी दिइएको छ।

आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा बाख्राको पाठी दिइएको छ।

छात्रवृत्तिका रूपमा नगद वा शैक्षिक सामग्री दिने चलन परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो।

विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिएको हो। नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उही समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताएका छन्।

प्रधानाध्यापकका अनुसार कक्षा ८, ७ र ६ मा अध्ययनरत तीन छात्रालाई छात्रवृत्तिका रूपमा एक/एक वटा पाठी वितरण गरिएको छ। विद्यालयमा स्थापना गरिएको दुइटा छात्रवृत्ति कोषबाट प्राप्त २१ हजार रूपैयाँमा तीनवटा उन्नत बाख्राको पाठी किनिएको उनले बताए।

चर्चित समाचार


भर्खरै प्रकाशित