फाल्गुण ०३,डेस्क। महिला प्रहरीमाथि गोली प्रहार भएको छ। दाङको घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी धनमाया गुरुङमाथि गोली प्रहार भएको हो ।
उनलाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगीएको छ। गोली लागेकी गुरुङको अवस्था गम्भीर रहेका छन्। गोली हानेको अभियोगमा दाङको लमहीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका व्यक्ति पनि प्रहरी रहेको र उनी बाँकेमा कार्यरत रहेको प्रहरीले बताएको छ। यस घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।





