त्रिभुवन विमानस्थल : करिब एक करोड विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

|

फाल्गुण ०३,डेस्क। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनिहरु फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका थिए। अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ) सहित पक्राउ गरिएको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित