फल्गुण ०३, डेस्क । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार ३० जना घाइत भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।
बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।
घटनाको थप विवरण आउन बाँकी छ ।





