सडक मर्मतको माग गर्दै टायर बालेर बिरोध प्रदर्शन

|

फाल्गुन ०१,डेस्क। जीर्ण सडक मर्मतको माग गर्दै धनुषाको कुर्थामा मंगलबार बिहान टायर बालेर बिरोध प्रदर्शन भएको छ । आन्दोलनकर्ताले टेम्पुहरु तेर्साएर सडक जाम गरेका छन।

नागरिक समाज द्वारा सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढेको भन्दै जनकपुरधाम देखि कुर्था हुदै लोहारपट्टी सम्मको जिर्ण अवस्थामा रहेको सडक मर्मत र कालोपत्रे निर्माणको लागि बाटो बन्द गरि धर्ना तथा बिरोध प्रदर्शन गरिएको छ।

विरोधको क्रममा उनीहरुले स्थानिय देखि प्रदेश र संघ सम्मको सरकारको विरोधमा नाराबाजी गरेका छन् ।

धर्ना तथा विरोध प्रदर्शनका कारण उक्त सडक खण्ड अन्तर्गत पर्ने सबै सडकमा सवारी आवागमन ठप्प हुँदा केहीबेर सवारीको जाम समेत लागेको थियो ।

जनकपुरधामको मुख्य प्रवेश द्वार हुँदै निस्केको सडक अहिले सम्म जीर्ण छ । यो सडक केहि वर्ष अगाडी मात्रै कालो पत्रे भएको थियो र वर्ष नाबित्दा भत्किएको छ।

मुख्य सडक जीर्ण हुँदा पनि मर्मत नगरी सरोकारवाला मौन बसेकोले विरोध गर्नुपरेको नागरिक समाजका संयोजक राम हृदय यादवले बताए । एक अटो चालकले सडकको दुराअवस्थाका कारण खास गरिब बिरामी महिलाहरुलाइ टेम्पुमा अस्पताल लैजाँदा समेत बाटोमै ज्यान जाने हो कि भन्ने डर रहेको बताए ।

यो सडक पूर्ण रुपमा नबन्दै भत्किन थालेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित