बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी

|

माघ २८, डेस्क। काठमाडौंको बानेश्वरस्थित आज सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो ३ बजे सडक डिभिजन प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा आगलागी भएको हो ।

आगलागीबाट ल्यापटप, सरकारी कागजात, व्यक्तिगत कागजात र केही रकम जलेको भण्डारीले जानकारी दिए ।

विद्युत सर्ट भएर सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको बारुणयन्त्रको सहयोगमा निभाइएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित