नेपाली कांग्रेसले बोलायो फागुनमा केन्द्रीय समितिको बैठक

|

माघ २८, डेस्क। नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा फागुन ३ गतेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी फागुन ७ देखि १० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुनेछ । छलफलका लागि कांग्रेसले तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ ।

फागुन ३ गते बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित