त्रिभुवन विमानस्थल : सांसदकै सुटकेस फुटाएर चकलेटको पोको चोरिएपछि

|

माघ २८,डेस्क। एयरपोर्टमा सांसदकै सुटकेस फुटाएर चकलेटको पोको चोरि भएको छ।

नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेट चोरिएको गुनासो गरेकी छिन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उनले गुनासो गरेकी छिन्।

आफन्तहरूसँग मलेसिया र सिंगापुर भ्रमण सकेर विमानस्थल आएर सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा पाएको उल्लेख गरिन् । सांसद प्रसाईंले भनिन्– ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ । तर नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ ।’

सांसद प्रसाईंले सरकारको यस्ता घटनाहरुतर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड समेत दिइन् । उनले अध्यागमन विभाग र भन्सारका कर्मचारीलाई तालिम दिनुपर्न अवस्था रहेको उल्लेख पनि गरेकि छिन्।

चर्चित समाचार


भर्खरै प्रकाशित