माघ २७,डेस्क। उपराष्ट्रपति रामसहायप्रसाद यादव वीरगन्ज आउने निर्णय भएका छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादव आइतबार पर्साको वीरगन्ज महानगरपालिकामा आउने कार्यक्रम तय भएको छ ।
वीरगन्जको पिपरा-स्थित चिनी मिल परिसरमा भोलीदेखि सुरु हुने ९ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति यादव जान लागेको सचिवालयले बताएका हुन्।
उपराष्ट्रपतिका स्वकीय सचिव आनन्दकुमार यादवका अनुसार बिहान १०ः २५ बजेको विमानबाट उपराष्ट्रपतिको वीरगन्ज आउने हुने कार्यक्रम तय भएको छ। यादवका अनुसार महायज्ञको उद्घाटनसँगै उपराष्ट्रपति यादवले आइतबार नै नारायणी अस्पतालमा नवनिर्मित वार्डको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।





