माघ २७, रौतहट। प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ ।
हाम्रो जिल्ला यस्तै स्वास्थ क्षेत्रमा धेरै पछाडि परेको छ । जिल्लामा ठूलो अस्पतालको रूपमा प्रादेशिक अस्पताल गौर एकमात्र रहेको छ तर यहाँ राजनीतिक चहलपहलले अहिले पाउनु पर्ने सेवासुविधा गरिब, निमुखा, मध्य वर्गको बिरामीहरूले नपाएर निजी अस्पतालहरूमा मोटो रकम तिर्न बाध्य भइरहेको प्रष्टै छ ।
लगभग ६ महिनादेखि राजनीति र व्यक्तिगत स्वार्थ सिद्ध गर्न मेसु विवादले प्रादेशिक अस्पताल गौर अहिले गाउँ -घरको आधारभूत अस्पताल भन्दा खराब अवस्था पुगेको छ ।
दक्ष डाक्टर, कर्मचारी भएपनि राम्रोसँग व्यवस्थापन हुन नसकेर कहिले स्वास्थ्यकर्मीहरू आफ्नो कामकाज बन्द गरिने सुचना आह्वान गर्छन् भने नेपाल सरकारले तोकेर पठाएको औषधी अस्पतालमा नपाएर बाहिरको पसलबाट बिरामीहरू खरिद गर्न बाध्य हुन्छ लगायत दर्जनभन्दा बढी समस्या अहिले अस्पतालमा देखापरेको कारणले मेवालाल यादव पत्रकार मात्र होइन यो जिल्लाको नागरिक समेत रहेको हुदा माघ २६ गते अर्थात हिजो दिउँसो ३ बजेको क्रममा ६ बुदें माग सहित सुचनाको हक अन्तर्गत टेकेर दर्ता गराउन अस्पताल पुग्दा त्यहाँ दर्ता गर्न नदिने, मेवालाल यादवलाई बेग्लाबेग्लै किसिमको व्यवहार, गाली बेइज्जती, दुर्ववहार र कुटपिट समेत गर्न अस्पताल संचालक समितिका अध्यक्ष मोहम्मद अनवर हास्मीले गरेका छन् भने उसको साथमा मेसु डा. मुरारी ठाकुर लगायत अन्य कर्मचारीहरू समेतले यादवलाई विभिन्न धम्की दिए ।
यस्तो जघन्य अपराध गर्ने अपराधी मनसिकता व्यक्तिले अस्पताललाई सुधार गर्न आएको हो कि जनताको स्वास्थबाट खेलवाड गर्न सबैले मुल्यांकन गर्नु होला भने सम्पूर्ण रौतहट जिल्लाबासीमा यादवले अनुरोध गरेका छन् । यस्तो यादव माथि दुर्ववहार, कुटपिट र गाली गरेको कार्य गर्नेलाई सम्बन्धित निकायले कानुन बमोजिमको कार्वाही गर्न अनुरोध गरेको साथसाथै भोलि यादवले मुद्दा प्रक्रियामा समेत जाने भएको छ ।





