न्याय सेवा आयोग : ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो

|

माघ २६ ,डेस्क। आज न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ ।

आयोगको परीक्षा महाशाखाले शुक्रबार (आज) सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन निकालेको हो ।

नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको बताएको हो।

आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म गर्न पाइनेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित