यू-१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने

|

माघ २६ ,डेस्क। आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार हुने फाइनल खेलमा भारत र अष्ट्रेलिया भिड्ने भएका छन्।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो।

गएराति सकिएको खेलमा पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो।

भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित