माघ २५, डेस्क । आज धनुषाको सहिदनगर नगरपालिका –७ स्थित चिरैयाका ५५ वर्षीय फुलगेन ठाकुरको शव फेला परेको कहो ।
बुधबार दिउँसो घरमा पारिवारिक विवाद भएपछि निस्केका उनी साँझ सात बजेतिर छोराले फोन गर्दा फोन लागेन । रातिदेखि नै खोजविन गरिएको थियो ।
आज बिहान बिहान शौच गर्न गएका मान्छेले शव देखेर गाउँमा खबर गरेका थिए । उनको शरीरमा कुनै घाउचोट समेत नदिएको प्रहरीले जनाएको छ।
ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।





