गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु
|
माघ 2४, डेस्क । गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।
अछाम जिल्लाको मेल्लेख गाउँस्थित आज साँझ मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिएको हो ।
दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताएको हो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।